एमालेको सचिवालय बैठक शुक्रबार (भोली) बस्ने

पञ्चपुरी मिडिया
२५ मंसिर २०८२, बिहिवार

काठमाडौं । नेकपा (एमाले) ले सचिवालयको बैठक बोलाएको छ ।

बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा विधान संशोधन र महाधिवेशन प्रतिनिधिको मनोनयनका विषयमा छलफल हुने बताइएको छ ।

एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ । पार्टीको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो ।

एमालेको ११ औँ महाधिवेशन आगामी शनिबारदेखि सुरु हुँदै छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल